काठमाडौँ । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने प्रसिद्ध ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला आजदेखि सुरु भएको छ।
धार्मिक विश्वासअनुसार बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मानिन्छ। सोही कारण बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।
मेलाका अवसरमा बालाजुका २२ वटै धाराबाट पानी प्रवाहको व्यवस्था गरिएको छ, जसले भक्तजनलाई स्नान गर्न सहज बनाएको छ।
बौद्ध र हिन्दू धर्मावलम्बीहरू ठूलो संख्यामा सहभागी भएका छन्। नेवार समुदायमा आज ‘मन्नादी’ देवीको जन्म उत्सव मनाउने परम्परा पनि रहेको छ।
इतिहासअनुसार बालाजु बाइसधारामा कान्तिपुरका राजा जयप्रकाश मल्ल र राजा रणबहादुर शाहको समयमा ढुङ्गेधाराहरू निर्माण गरिएको थियो, जसले यसको सांस्कृतिक महत्व अझ बढाएको छ।





























प्रतिक्रिया