काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनपछि बनेको आयोगले दुवै नेतामाथि अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरू पक्राउ परेका थिए। त्यसविरुद्ध परिवारका सदस्यले सर्वोच्चमा रिट दायर गरेका थिए । ओली र लेखकमाथि हिजो मात्रै तेस्रोपटक ५ दिनका लागि म्याद थप भएको थियो । सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन र सरकार पक्षले मुद्दा बुझाउनुपर्ने हुन्छ । अन्यथा उनीहरुलाई साधारण तारेख वा धरौटीमा छोड्नुपर्ने छ ।





























प्रतिक्रिया