काठमाडौं । रोशी खोलामा आएको बाढीले अस्थायी ‘डाइभर्सन’ बगाएर अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउनेनजिक स्थानमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
त्यहाँ डाइभर्सनमाथि पनि अर्को डाइभर्सन बनाएर अहिले कुनापट्टिबाट वान वे (एकतर्फी) मात्र बाटो खोलाईएको काभ्रे प्रहरीका सूचना अधिकारी एवं डीएसपी रविन बिष्टले जानकारी दिएका छन् ।
शनिबार वर्षासँगै खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो । आइतबार (वैशाख ६) बिहान करिब पौने ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
गत वर्ष असोजमा पनि बाढीले उक्त क्षेत्रमा सडक बगाएको थियो ।































प्रतिक्रिया