पूर्व–पश्चिम राजमार्गमा टाटा सुमोको ठक्कर, पैदलयात्रीको ज्यान गयो

पूर्व–पश्चिम राजमार्गमा टाटा सुमोको ठक्कर, पैदलयात्रीको ज्यान गयो

केन्द्रबिन्दु
9
Shares

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्ने क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

गए राति गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ। उक्त सवारी साधन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासीको रहेको समेत खुलेको प्रहरीले जनाएको छ।

Logo