पश्चिमी, स्थानीय वायु र न्यून चापीय रेखाको प्रभावले तराई भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना

पश्चिमी, स्थानीय वायु र न्यून चापीय रेखाको प्रभावले तराई भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको मध्य र पूर्वी क्षेत्रहरूमा माथिल्लो वायुमण्डलमा न्यून चापीय रेखाको आंशिक प्रभाव कायम रहेको छ।
जस्को कारण आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo