काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ ।
अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई परिपत्र गरेको हो ।
परिपत्रअनुसार कार्यालय प्रमुखले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरु खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरुलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यी गर्नु गराउन हुन निर्णयानुसार अनुरोध गरिएको छ ।
कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।































