आजको संसद बैठकमा विनियोजन विधेयकमाथी छलफल हुने

आजको संसद बैठकमा विनियोजन विधेयकमाथी छलफल हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनेछ । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Logo