काठमाडौं । भाइरल भएको प्रधानमन्त्री वालेन्द्र शाहलेको पोष्टको कारण डीडीसीसँग याक चिज माग बढेको छ । शनिबार दिउँसो सामाजिक सञ्जालमा प्लेटमा चिजका टुक्राहरू र याक चिजको प्याकेटका साथ देखिएका छन् । उनको स्टाटसको पहिलो लाइनमा ‘से चीज’ लेखिएको थियो भने अर्को लाइनमा ‘डीडीसीको चिज’ ।
भाइरल भएको प्रधानमन्त्रीको उक्त पोस्टमा चौबीस घण्टामा फेसबुक र एक्समा ४ लाख ६३ हजार लाइक, ४६ हजार कमेन्ट आएको थियो भने ४ हजारभन्दा बढी पटक सेयर भएको थियो । उक्त पोस्टमा मिश्रित प्रतिक्रिया पनि आयो । केहीले उक्त पोस्टलाई स्वदेशी ब्रान्ड प्रवर्द्धन गर्ने पहल भन्दै स्वागत गरे भने केहीले डीडीसी उत्पादनको गुणस्तरलाई लिएर आलोचना ।
तर प्रधानमन्त्री शाहको पोस्टको सबैभन्दा ठूलो प्रभाव सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा देखियो । उनले फोटो राखेपछि सुपरमार्केट र उपभोक्ताहरू उत्पादन किन्न हतारिँदा याक चिजको माग ३० प्रतिशतभन्दा बढीले बढेको डीडीसीका अधिकारीहरू बताउँछन् । ‘माग ह्वात्तै बढ्दा व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,’ डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले भने, ‘सुपरमार्केटहरूले आपूर्ति बढाइदिन भन्दै फोन गरिरहेका छन् ।’
बिगमार्टले आइतबार नै परिमाण बढाएर डीडीसीसँग याक चिज माग गरिसकेको छ भने डीडीसीका उत्पादनका सबैभन्दा ठूलो खुद्रा विक्रेतामध्ये एक भाटभटेनीमा पनि ग्राहकको चासो बढेको छ । यो आकस्मिक आकर्षणले युवा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ प्रधानमन्त्री शाहको निरन्तर प्रभावलाई झल्काउँछ ।































प्रतिक्रिया