काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारण
देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियस मापन भएको र अब त्यो भन्दा पनि बढी हुने सम्भावना रहेका आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो ।
विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सोबाट बच्न पनि अनुरोध गरेको छ ।
विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।
आज राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागको थोरै स्थानहरू, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।





























प्रतिक्रिया