केही ठाउँमा पानी पर्ने, पश्चिम तराई अत्यधिक गर्मी हुने

केही ठाउँमा पानी पर्ने, पश्चिम तराई अत्यधिक गर्मी हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । जसको कारण
कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू- भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनएको छ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । ती क्षेत्रमा सतर्कता अप्नाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज राती मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भू-भाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू_भागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Logo