आपसमा जुधेर बाघको मृत्यु

आपसमा जुधेर बाघको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित माधव सामुदायिक वनमा सोमबार एउटा बाघ मृत फेला परेको छ । गेरुवा गाउँपालिका–१ स्थित वनमा करिब एक वर्षको पोथी बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले आपसमा दुई बाघ जुधेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । अर्को बाघ घाइते भए पनि सुरिक्षत छ । मृतक बाघको पोस्टमार्टम गरिएको निकुञ्जले जनाएको छ ।

२६ चैत २०८१ मा पनि निकुञ्जको लगुना फाँटा र गैंडा मचानबीचको घना झाडीमा १०/१२ वर्षका दुई भाले बाघको आपसमा जुधेर मृत्यु भएको थियो । बर्दिया निकुञ्जमा पछिल्लो गणनामा १ सय २५ वटा बाघ रहेका छन् ।

Logo