आजको मौसम : पश्चिम तराईमा गर्मी बढ्ने, अन्य ठाउँमा पानी पर्ने

आजको मौसम : पश्चिम तराईमा गर्मी बढ्ने, अन्य ठाउँमा पानी पर्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
जसको कारण देशका विभिन्न ठाउँ वर्षा हुन सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशको तराईका पनि एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना छ । ती ठाउँमा सतर्क रहन विभागले अनुरोध गरेको छ ।

आज राति कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

Logo