काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुन चन्दको निधन भएको छ। ललितपुर-१८, नख्खु सिर्जनामार्ग बस्दै आएका डिआईजी चन्दको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले दिएको जानकारीअनुसार उनी यही असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका थिए।
त्यसपछि तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई उपचार पछि डिस्चार्ज गरिएको थियो। तर फेरि असार १० गते एक्कासि बिरामी परेपछि उनलाई मेडिसिटी अस्पतालमै लगी आईसीयूमा भर्ना गरिएको थियो।
तर उपचारका क्रममा आज बिहान ६.५५ बजे उनको मृत्यु भएको एसएसपी कार्कीले जानकारी दिए।
































प्रतिक्रिया