एमाले पुनर्गठन सुझाव संकलन अन्तिम चरणमा, प्रतिवेदन लेखन सुरु

एमाले पुनर्गठन सुझाव संकलन अन्तिम चरणमा, प्रतिवेदन लेखन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम अन्तिम चरणमा पुग्दा प्रतिवेदन लेखनकार्य पनि शुरू भएको छ ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) संयोजकत्वको कार्यदलले अब १९ गतेसम्ममा तीनवटा समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रम सम्पन्न गर्दैछ । त्यसपछि परामर्शको चरण समाप्त हुने कार्यदलका एक सदस्यले बताए ।

आज १७ गते सम्पर्क मञ्च, बिहीबार जनसंगठन र शुक्रबार केन्द्रीय आयोग र विभाग प्रमुखहरूसँग परामर्श गरेपछि क्रम अन्त्य हुने भएको हो । ती सदस्यका अनुसार हालसम्मका परामर्शका सुझाव एवं सिफारिसका आधारमा प्रतिवेदनको खेस्रा उतार्ने काम महासचिव शंकर पोखरेलको नेतृत्वमा शुरू भएको हो । असार २२ गते बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने भएको छ ।

हालसम्मका परामर्शमा पार्टी पुनर्गठनका पक्षमा ९० प्रतिशत मत आएको ती सदस्यले बताए । तर, पुनर्गठनको अभ्यासका बारेमा फरक फरक राय आएका छन् । एकथरिले अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ताका नेतालाई अभिभावकीय भूमिकामा राखेर दोस्रो र तेस्रो पुस्ताले कार्यकारी जिम्मेवारी लिनुपर्ने भनेका छन् । अर्काथरिले सिङ्गो केन्द्रीय कमिटीदेखि सबै तहका कमिटी, निकाय र विभाग पुनर्गठनमा जानुपर्ने राय दिएका छन् । तर, पुनर्गठनमा भने बहुसंख्यक पार्टी नेता(कार्यकर्तामा मतैक्यता देखिएको उनले बताए ।

प्रतिवेदनमा सबैखाले रायलाई समेटेर बहुसंख्यक नेता(कार्यकर्ताबाट प्राप्त रायलाई आधार बनाएर आवश्यक सिफारिस गर्ने ती सदस्यको भनाइ छ । २२ गते कार्यदलबाट प्रतिवेदन पारित गरेपछि लगत्तै सचिवालय र त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।

Logo