गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक र सहचालक फरार रहेका छन् । गएराति साढे २ बजे रेसुंगाबाट तम्घास आउँदै गरेको लु १ ज १५२८ नम्बरको जिप दुर्घटना हुँदा तम्घासका १६ वर्षीय सुदीप नेपालीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
तम्घासमै बस्ने १७ वर्षीय अर्जुन बुढाथोकी, १८ वर्षीय गणेश परियार र १८ वर्षीय आयुष गैरे घाइते छन् । उनीहरू क्रमश: प्यूठान नाैबहिनी, बागलुङको भीमगिठे र गुल्मी तम्घासकै हुन् । फरार चालक र सहचालक नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीसँग प्राप्त प्रारम्भिक सूचना अनुसार उनीहरू साँझ ८/९ बजे आसपासमा रेसुंगा निस्किएका थिए ।






























