राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस १३ प्रतिसत कार्यान्वयन

राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस १३ प्रतिसत कार्यान्वयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस कार्यान्वयन हुन नसकेको बताएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो गुनासो गरेको हो ।

‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन’, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, ‘कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ । ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’

संसदको कानून न्याय तथा मानवअधिकार समितिले आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे बहस गर्न आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो । छलफलमा आयोगका अध्यक्ष मगरले सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् ।

Logo