जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा भेरी नगरपालिका–२, राङ्सीकी ६० वर्षीया जयशिला शाहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार राति करिब ८:३० बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिएको हो। शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परेकी उनकी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापालाई स्थानीयवासीले सकुशल उद्धार गरेका छन्।






























