हिमचितुवाको आक्रमणबाट दर्जन घोडा, खच्चड मरे

हिमचितुवाको आक्रमणबाट दर्जन घोडा, खच्चड मरे

केन्द्रबिन्दु
0
Shares

उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट दर्जन बढी घोडा र एक खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितुवाले घोडा र खच्चडमाथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।

वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका १७ घोडा र एक खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जनाए ।  लामाले भने, ‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको छ ।’  

सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमित रुपमा सामान ढुवानी गरिन्छ । लामाले अगाडि भने, ‘चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ ।’ रासस

Skip This
Logo