यसरी पक्राउ परे ३३ किलो सुन काण्डका ‘भोजे मामा’

यसरी पक्राउ परे ३३ किलो सुन काण्डका ‘भोजे मामा’

केन्द्रबिन्दु
0
Shares

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । 'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण  तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार 'भोजे मामा' लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि  आपराधिक समूह स्थापना र सञ्चालन गरी अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा छ । 

उक्त सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेती पक्राउ परेसँगै यो घटनामा धेरै जना मुछिएका थिए ।प्रहरीले ६३ जनाविरुद्ध मुद्दा चलाएको थियो । यसका मुख्य अभियुक्त गोरे अहिले पनि जेलमा छन् ।

२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको अपहरणपछि हत्या भएको थियो । जुन सुन प्रहरीले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । उक्त घटनामा भण्डारीको पनि संलग्नता रहेको पाइएको थियो । तर, उनी फरार थिए ।

Logo