नागढुंगा सुरुङमार्गमा मुआब्जा बाधक, मासिक ४ प्रतिशतका दरले काम अघि बढाइने

नागढुंगा सुरुङमार्गमा मुआब्जा बाधक, मासिक ४ प्रतिशतका दरले काम अघि बढाइने

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिले स्थानीयबासीलाई बिस्थापित नहुने गरी नागढुंगा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतबार राष्ट्रिय गौैरवको आयोजनाको रूपमा रहेको नागढुंगा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयबासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । समिति सभापति तारादेवी भट्ट नेतृत्वको संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । 

आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमै सम्पन्न गर्न जग्गाको मुआब्जा वितरण र कोभिड खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको बताए । 
यता, आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । आगामी दिनमा प्रत्येक महिना ४ प्रतिशतका दरले प्रगति गर्दैै लैजाने आयोजनाले लक्ष्य लिएको छ । आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । 

 

Logo