विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ

विमानस्थलबाट आधा किलो सुनसहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहान प्रहरीले दुबै जनालाई सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

सिरहा धनगढीमाई नगरपालिका-८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई  प्रहरीले पक्राउ गरेकाे हाे । 

प्रहरीले उनीहरूबाट आठ वटा सुनको बाला र दुई वट औंठी गरी जम्मा ४७४ ग्रामको सुन बरामद गरेको हो।

त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका अनुसार सो सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ। 

Logo