६ दिनपछि सञ्चालन भयो बेनी-जोमसोम सडक

६ दिनपछि सञ्चालन भयो बेनी-जोमसोम सडक

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक हप्तादेखि अबरुद्ध बेनी जोमसोम सडक खण्ड शनिबार साँझदेखि सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक अबरुद्ध हुँदा बेनी–जोमसोम सडकमा सवारी सञ्चालनमा आउन सकेको थिएन।

पोखरा–जोमसोम हवाइ मार्ग समेत रोकिएको वर्तमान अवस्थामा हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न ढुवानीमा समेत सास्ती भएको थियो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेका विग्रेको सडक स्थानीयले मर्मतमा अवरोध गरेका कारण सडक खुलाउन सकिएको थिएन।

शुक्रबार म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि, सुरक्षा समिति लगायत स्थानीयबिच भएको सर्वपक्षीय छलफलपछि सडक खुलाउने सहमति भएको थियो। गत १६ गते अबरुद्ध भएको सडक १७ गते आइतबार केही बेर सञ्चालनमा आए पछि पुनः अबरुद्ध भएको थियो।

Skip This
Skip This
Logo