रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ


काठमाडौं । रौतहटमा कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–२, भलुइया बस्ने २४ वर्षीय सञ्जय साह सोनार रहेका छन्। 

प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई थान गोली बरामत गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

Logo