सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बढुवाका लागी सिफारिस

सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बढुवाका लागी सिफारिस


गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसी हानिरीक्षकमा बढुवा गभएपछि  रिक्त रहेको एउटा दरबन्दीमा डीआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

वरियतामा अगाडि रहेका अर्याललाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । हालका आईजीपी केसीले ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अवकाश पाउँदैछन् । त्यसपछि अर्याल सशस्त्र प्रहरीको नेतृत्वमा पुग्नेछन् । उनले चार वर्षसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।

Logo