1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

1
1
1
1
1
1
1
1

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नं ६ भृकुटीचोकबाट एक ग्राम ब्राउन सुगरसहित ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

टोखा नगरपालिका वडा नं ३ बस्ने नवलपरासी घर भएका कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका वडा नं ६ मेचीपुल छेउबाट ३० ग्राम ब्राउन सुगरसहित दमक नगरपालिका वडा नं १ बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं २ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलिग्राम खैरो हेरोईनसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका वडा नं ५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से ७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । 

कैलालीको भजनी नगरपालिका वडा नं ३ कुसुमघाटस्थित नेपाल–भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हिरोईनसहित जोशिपुर गाउँपालिका वडा नं ३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मज्गैबाट करिब ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं १२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका वडा नं १० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् । 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु ८९ प २०२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

 

निगरानी

प्रकाशित: ४ असोज २०७९ १३:३२ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी