शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ


प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ५ घर भइ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं ४ लेखर्कमा बसी ठाकुरले कालिका आधारभूत विद्यालयमा पढाउँदै आएका थिए ।

गत शुक्रबार ठाकुर मृत भेटिएका थिए । मृतकको हत्या गरेको आशंका भएपछि प्रहरीले अनुसन्धान अघि बढाएकोमा छलमायालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

Logo