महोत्तरीमा ट्राफिक प्रहरीको सक्रियताः दैनिक दुई सय सवारीसाधन कारबाहीमा

महोत्तरीमा ट्राफिक प्रहरीको सक्रियताः दैनिक दुई सय सवारीसाधन कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारवाही गरिरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको सहायताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थपना गरिएको छ । `बिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौ´ उनले भने, `यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध  समस्या सावधान हुने बिस्वास लिएका छौ ।´

ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाइ आग्रह गरे । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन्  ।

प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई  सक्रिय बनाएका छन्  । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छड्के चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निकै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उन्ले गौशाला नगरपालिकासगं समन्वय गरी ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन बनाएका छन्  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन्  । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

Logo