आइएमई लुटपाट गर्ने हतियारधारी समूहका एक जना पक्राउ

आइएमई लुटपाट गर्ने हतियारधारी समूहका एक जना पक्राउ


ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

घटना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी कैलाश राईले जानकारी दिए । निर्माणाधीन बसपार्क क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनि फुङलिङ नगरपालिका निवासी रहेको भनिएपनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए । 

खोजी कार्यमा डीएसपी राई सहित ससस्त्र प्रहरी ताप्लेजुङका डीएसपी विनोद थापा नेतृत्वको टोली खटिएको छ । लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको डिएसपी राईले बताए ।  तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ ।
 

Logo