चोरी तथा लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता

चोरी तथा लुटपाट रोक्न कैलालीमा उच्च सुरक्षा सतर्कता

केन्द्रबिन्दु
3
Shares

दसैंमा शहर छोडेर जानेको संख्या उच्च हुँदा चोरी तथा लुटपाटको संभावित जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले अतिरिक्त प्रहरी परिचालन गरेको छ ।

घर खाली हुँदा चोरी हुने र लुटपाट बढ्ने सम्भावित जोखिम न्यूनीकरण गर्न अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार नियमित गस्तिमा खटिएका बाहेक टोलटोलको सुरक्षाका लागि मोबाइल टोली परिचालन गरिएको छ । टोलीले घरमा हुने चोरीबाट बचाउन सक्ने प्रहरीको आँकलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको उनले बताए । दसैं-तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो  संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

त्यसैगरी सादा पोसकमा पनि  प्रहरी परिचालन गरिएको उनले बताए । ‘जिल्लामा १ हजार बढी अतिरत्त प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘चोरी हुने डर नमानेर ढुक्कसँग दसैं मनाउन सवैलाई अनुरोध गरेका छौं ।’

सुदूरपश्चिममा चाडपर्वलाई लक्षित गरेर ४ हजार बढी प्रहरी परिचालन गरिएको जनाइएको छ ।

Logo