बालिकामाथि करणी गरेर फरार भएका थारु पक्राउ

बालिकामाथि करणी गरेर फरार भएका थारु पक्राउ

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरी फरार भएका एक युवालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।

गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । हाल आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।

Skip This
Skip This
Logo