अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा-परासी राजमार्गबाट साेमबार करिब ९० लाख रुपैयाँ बराबरको आठ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक  सशस्त्र प्रहरीले नियन्त्रणमा  लिएको छ ।

ना६ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक  सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
बरामद गरेको हो । बरामद चिनी तथा दुवै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

Logo