स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण

स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। 

एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीलाई स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन र २०० थान स्याम कार्ड हस्तान्तरण गरेका हुन् । 

स्मार्ट कार्ड पहिचान गर्न सहजताको लागि उक्त मेसिन हस्तान्तरण गरिएको हाे । साे मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुनेछ ।

मेसिन र स्याम कार्डको कुल लागत ८४ लाख १८ हजार रुपैयाँ छ। स्मार्ट कार्ड रिडर यसअघि नेपालमा जम्मा ४० वटा मात्र थियो। थप २०० थान थपिएपछि कुल २४० वटा कार्ड रिडर र स्याम कार्ड उपलब्ध रहेको विभागले जनाएकाे छ । 

Logo