धरौटी तिरेर छुटे अपूर्व क्षितिज

धरौटी तिरेर छुटे अपूर्व क्षितिज

केन्द्रबिन्दु
0
Shares

कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी हिरासतबाट छुटेका छन् । 

काठमाडौं जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी प्रहरी हिरासतबाट छुटेका हुन् । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई  धरौटीमा छाड्न आदेश दिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

Logo