झापामा लागुऔषध सहित २ जना पक्राउ

झापामा लागुऔषध सहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका–११ चिया बगान छेउमा अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुबै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । 

Skip This
Logo