गोरखामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।
गएराति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले आक्रमण गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौँ लगिएको छ । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । आक्रमणमा संलग्न ५ जना मध्य प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य तीन जना अझै फरार छन् । प्रवक्ता लामिछानेका अनुसार राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र अन्य तीन फरार छन् । रातिको घटनापछि अहिले सो क्षेत्र सम्भावित भिडन्तले तनावपूर्ण बनेको छ ।





























प्रतिक्रिया