बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र सोही संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते भएका छ्न् ।
घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ । अर्काको भने भेरीमै उपचार भैरहेको छ । बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गर्दै उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरे ।
घटनास्थलमा थप बम फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोली बम निक्रिय पारेको थियो । डिल्ली एक वर्षदेखि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यसअघि हिजै दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको एक कार्यक्रम स्थलनजिक बम विस्फोट भएको थियो । विस्फोटमा विप्लव समुहकैएक कार्यकर्ता घाइते भएका छन् ।
भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावीसभानजिकै बम विस्फोट भएको हो । घटनामा सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहले जानकारी दिए ।































प्रतिक्रिया