दाङमा श्रीमानले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बबई गाउँपालिका १ क्यूरेनी बस्ने ४० वर्षीय श्रीमान लालबहादुर बोटेले हथौडा प्रहार गरी श्रीमती ३४ वर्षीया खुमी बोटेको हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख तथा प्रहरी निरीक्षक मान बहादुर बस्नेतले जानकारी दिए ।
श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा शुक्रबार बिहान ३ बजे तिर हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बस्नेतले बताए । श्रीमान बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ । शवलाई पोष्ट मार्टमका लागि तुलसीपुर ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया