मोरङको उर्लाबारीमा झडप, ३ जना घाइते

मोरङको उर्लाबारीमा झडप, ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका-६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानो सिईबीका कारण झडप भएको थियो ।

प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै बासिन्दा रहेको जनाइएको छ ।  घाइतेमध्ये तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।

Skip This
Skip This
Logo