१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा


सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।

मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो । जसअनुसार भारत सप्तकोशी जे.भि., काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम) लाई २ वर्ष ६ महिना,  हाइवे कन्स्ट्रक्सन प्रा.लि., भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी) लाई १ वर्ष, विधी विल्डर्स लिमिटेड काठमाडाैँलाई १ वर्ष तथा साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोटलाई १ वर्ष कालाेसुचीमा राखेकाे ५ । 

अनुकुल निर्माण सेवा, चन्दननाथ-२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी)लाई १ वर्ष, हाइग्रेभा सिद्दी साई प्रकास जेभी सामाखुसी (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान) लाई २ वर्ष, पाँचखाल कन्स्ट्रक्सन प्रा.लि., नयाँ बानेश्वर, काठमाडौं (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी) लाई १ वर्ष, प्रभु निर्माण सेवा, सुर्खेत (मुख्य व्यक्ति : रेशम बहादुर शाह) लाई १ वर्ष, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. टोखा-८, काठमाडौं व्यक्ति श्री सिद्धिवावु रेग्मी) लाई १ वर्ष, एस. एस. के निर्माण सेवा प्रा. लि. लुम्बिनी सांस्कृतिक न.पा.-५, रुपन्देही । (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी) लाई १ वर्ष, सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला) लाई १ वर्ष र निलगिरी/नेसनल / क्यानोन जे. भी., हेटौंडा, मकवानपुरलाई १ वर्ष कालाेसुचीमा रािखएकाे हाे । 

Logo