कञ्जनपुरमा बलात्कार आरोपमा ३ जना पक्राउ

कञ्जनपुरमा बलात्कार आरोपमा ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबर्जस्तीकरणी गर्ने गरेको किशोरीको भनाइ छ।

Logo