अनलाइन सट्टेबाजी गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अनलाइन सट्टेबाजी गर्ने दुईजना प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

अनलाइन सट्टेबाजी गर्ने दुईजना पक्राउ परेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । विभिन्न गेमहरूमा अनलाइन सट्टेबाजी गरिरहेका रुद्रप्रसाद पोखरेल र पवनकुमार शर्मालाई क्रमशः शनिबार र आइतबार पक्राउ गरेको  प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूमाथि अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न गराउन नहुने कसूरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा सिफारिस गरिएको छ ।

Skip This
Skip This
Logo