९० वर्षीया महिलाको हत्या गरेको अभियोगमा काठमाडाैंबाट एक पक्राउ

९० वर्षीया महिलाको हत्या गरेको अभियोगमा काठमाडाैंबाट एक पक्राउ

केन्द्रबिन्दु
0
Shares

५० हजार रुपैयाँको लोभमा काठमाडाैंमा ९० वर्षीया महिलाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति छन् । उनलाई बिहीबार प्रहरीले ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।  

तारकेश्वर नगरपालिका–३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा २२ मंसिरमा पुतुवारको शंकास्पदअवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

राहत दिइरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काइ हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको छ ।  

Logo