इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन् । इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए ।
निवासमै भएका बेला काठमाडौंबाट गएको टोलीले नियन्त्रणमा लिएर राखेको छ । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको जनाएको छ ।





























प्रतिक्रिया