धनुषामा रेलले किचेर बुधबार एक यात्रीको मृत्यु भएको छ । विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर एक पुरुष यात्रीको मृत्यु भएको हो ।
भारतको जयनगरबाट जनकपुरधामका लागि छुटेको उक्त रेलमा वैदेही स्टेसनबाट चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए । लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।





























प्रतिक्रिया