सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ

सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

एनपीएल टि–२० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा भइरहेको प्रतियोगितामा सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ उनीहरु पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार–जितको लागि अनलाइन भोटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo