भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छौँ : प्रहरी

भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छौँ : प्रहरी

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेको बताएका छन् । परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएको बताए ।

परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताए । परिणामस्वरुप अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गरे । पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् । 

विशेष गरेर रातको समयमा ठाउँ ठाउँमा गस्ती प्रहरी टोली खटाएको उनको भनाइ छ ।  टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उनले जनाए । 

कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागुऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताए । लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँं उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उनले बताए । विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराएको उनले जनाए । 

 

Logo