३३ करोड राजश्व छल्ने ट्रेडर्सविरुद्ध मुद्दा दायर

३३ करोड राजश्व छल्ने ट्रेडर्सविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

अवैध तरिकाले ३३ करोडभन्दा बढी राजश्व छल्ने सुमित एण्ड स्वयता ट्रेडर्सविरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ६६ करोड ७ लाख मागवादीसहित ट्रेडर्सका प्रोपाइटर पूनित बानियाँविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

रुपन्देही घर भएका पूनितले सिद्धार्थनगर नगरपालिकामा ट्रेडर्स सञ्चालन गर्दै आएका थिए । उनले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने कर रकम समेत सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्नेमा अवैध तरिकाले राजश्व चुहावट गरेका थिए ।

बानियाँले नेपाल सरकारलाई नियमअनुसार तिर्नु बुझाउनुपर्ने कर राजश्व नबुझाई निरन्तर एकपछि अर्को फर्मबाट कारोबार गर्दै आएको खुलेपछि पक्राउ गरेर विभागमा मुद्धा दायर गरेको हो । उनले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ र ४ बमोजिमको राजश्व चुहावट गरेका थिए ।

बानियाँले ३३ करोड ३ लाख ५० हजार ८९६ रुपैयाँ राजश्व चुहावट गरेका थिए । चुहावट गरेको राजश्व र शतप्रतिशत जरिवानासहित ६६ करोड ७ लाख १ हजार ७९२ रुपैयाँ मागदाबीसहित उच्च अदालत पाटमा मुद्धा दायर गरेको हो ।

Logo