३४ केजी चरेससहित एक जना पक्राउ

३४ केजी चरेससहित एक जना पक्राउ


नेपाल प्रहरीले ३४  केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी–८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा लागुऔषध सहित नियन्त्रणमा लिएको हो । तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ । 

Logo