धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

केन्द्रबिन्दु
0
Shares

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् ।

आइतबार राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा रहेका थिए । उनका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् ।

इलाका प्रहरीको भवन पुरानो रहेको र हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । प्रहरीले फरार भएकाहरुको तीव्र खोजी भइरहेको जनाएको छ ।
 

Logo