होलीमा उच्छृंखल गतिविधि रोक्न प्रहरीले बनायो सुरक्षा व्यवस्था कडा

होलीमा उच्छृंखल गतिविधि रोक्न प्रहरीले बनायो सुरक्षा व्यवस्था कडा

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीमा होलीको अवसरमा हुन सक्ने उच्छृंखल गतिविधि रोक्न रुपन्देही प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होली पर्वलाई मर्यादित र ब्यवस्थित बनाउन सुरक्षा ब्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

सभा तथा कार्यक्रमहरु गरी भीडभाड गर्ने, जवरजस्ती रंग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुने हुदाँ सो कार्य रोक्न प्रहरी प्रशासनको जिम्मेवारीअनुरुप सुरक्षा व्यवस्था कडा पारेको जनाइएको छ ।  होली पर्वलाई लक्षित गर्दै १२ सय प्रहरी परिचालित भएको जनाइएको छ ।

Logo